LISTEN LIVE RADIO

सर्पको टोकाइबाट दाङमा एक बालिकाको मृत्यु



सर्पको टोकाइबाट दाङमा एक बालिकाको मृत्यु

देउखुरी टुडेकर्मी, घाेराही २३ असोज ।

दाङमा सर्पको टोकाइबाट डेढ वर्षिया बालिकाको मृत्यु भएको छ । विषालु सर्पले टोक्दा गम्भिर बिरामी भएकी शान्तिनगर गाउँपालिका वडा नम्बर ६ चिल्वारी निवासी शेर बहादुर ओलीकी छोरी सुस्मीताको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार आँगनमा खेलिरहेको समयमा आज दिउँसो सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । उनको आज दिउँसो सवा दुईतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे