LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा पुर्वाधार विकास प्राधिकरणको कार्यालय तत्काल आउँछ : मुख्यमन्त्री पोख्रेल



राप्ती गाउँपालिकामा पुर्वाधार विकास प्राधिकरणको कार्यालय तत्काल आउँछ : मुख्यमन्त्री पोख्रेल

ओमप्रकाश गुप्ता , भालुवाङ २३ असोज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले स्थायी राजधानीको ब्यवस्थापनका लागि पुर्वाधार विकास प्राधिकरणको कार्यालय तत्काल राप्ती गाउँपालिका क्षेत्रमा स्थापना गर्ने बताएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानीको ब्यवस्थापन सम्वन्धमा शुक्रवार बुटवलमा सरोकारवालाहरुको बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।

मुख्यमन्त्रीको कार्यालयमा भएको बैठकमा ३ मन्त्री, स्थायी राजधानी रहने पालिकाका प्रमुख, दाङ र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी, दुबै जिल्लाका मालपोत प्रमुखहरुको सहभागीता रहेको थियो ।

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले स्थायी राजधानीको ब्यवस्थापनका वारेमा सुझाव दिने र लिने गरेका थिए भने स्थायी राजधानी रहने पालिका प्रमुख राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव र सितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले पालिकाहरुको जग्गाको अवस्था, बन क्षेत्र, ऐलानी क्षेत्र, बजार क्षेत्रका बारेमा जानकारी गराउदै प्रदेश सरकारलाई गर्न सक्ने सहयोगका वारेमा जानकारी गराएका थिए ।

मुख्यमन्त्री पोख्रेलले अवको राजधानीको स्वरुपलाई भर्जिन ल्याण्डबाट दिर्घकालीन योजनाका साथ मास्टर प्लान निमाण गरि ब्यवस्थीत शहर बनाईने हुँदा जग्गा विक्री वितरणमा पुर्णरुपमा रोक लगाउन निर्देशन समेत गरेका छन् । मुख्यमन्त्री पोख्रेलले अवको राप्ती उपत्यका देउखुरी उपत्यका विकसीत शहर बन्ने हुँदा कृषि, बसोबास, बजार, हरित क्षेत्र स्थान निर्धारण गर्न समेत पालिकाहरुलाई निर्देशन गरेका छन् ।

बैठकमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लुम्बिनी प्रदेशको स्थायी राजधानीको ब्यवस्थापन गर्न प्रारम्भिक चरण देखीनै गाउँपालिकाले हरेक कार्यमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । बैठकमा प्रदेश मन्त्रीहरु लिला गिरी, बैजनाथ चौधरी, आरती पौडेल, प्रमुख सचिब तोयनारायण ज्ञवाली, सचिव भरतमणि सुवेदी, नारायणप्रसाद शर्मा दुवाडी, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, मालपोत कार्यालय लमहीका प्रमुख रमेशबहादुर बुढाथोकी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे