डाक्टरहरूले परामर्श शुल्क बढाएपछि स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण



डाक्टरहरूले परामर्श शुल्क बढाएपछि स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं ६ फागुन । डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। नेपाल चिकित्सक संघले बिहीबार डाक्टरहरुको परामर्श तथा जाँच्ने शुल्क बढाएको पति मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

उनले उक्त शुल्क प्रति मन्त्रालयको सहमति नभएको समेत जानकारी दिए । यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरेको भन्दै प्रवक्ता डा गौतमले शुल्क बढाउने निणर्य उचित नभएको बताए । बिहीबार ध्यानाकर्षण पत्र जारी गर्दै उनले शुल्क बढाउदा मन्त्रालयसँग थप परामर्श गरेर गरे राम्रो हुने धारणा ब्यक्त गरे।

साथै ध्यानाकर्षण पत्रमा डाक्टरहरुको परामर्श शुल्क पहिलेकै रहेको बताइएको छ। फरक प्रशंगमा निजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको न्युनतम पारिश्रमिक दिन र बैंक मार्फत भुक्तानि गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरको छ ।

यसैबीच बुधबार नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले चिकित्सकीय परामर्श शुल्क बढेको जानकारी दिएको थियो । उसले चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० रुपैयाँदेखि अधिकतम ८ सय २५ रुपैयाँसम्म शुल्क लिने पाउने जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे