LISTEN LIVE RADIO

स्वास्थ्य संघर्ष समिति र सरकारी टोलीबीच १९ बुँदे सम्झौता, स्वास्थ्यकर्मीको मृत्यु भए २५ लाख क्षतिपूर्ति दिइने



स्वास्थ्य संघर्ष समिति र सरकारी टोलीबीच १९ बुँदे सम्झौता, स्वास्थ्यकर्मीको मृत्यु भए २५ लाख क्षतिपूर्ति दिइने

काठमाडाैँ ५ माघ । आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समिति र सरकारी टोलीबीच १९ बुँदे सम्झौता भएको छ । स्वास्थ्यकर्मीहरुले उठाउँदै आएका अधिकांश माग पूरा गर्न सरकार सहमत भएपछि सम्झौता भएको हो ।

१९ बुँदे सम्झौता भएपछि स्वास्थ्यकर्मीहरुले संघर्षका कार्यक्रम स्थगित गरेका छन् । सम्झौतामा स्वास्थ्यकर्मीहरुलाई कोरोना लगायत अन्य जटिल रोगको उपचारसहित सेवासुविधा बढाउन सरकार सहमत भएको छ ।

साथै कोरोनाका कारण स्वास्थ्यकर्मीको ज्यान गएमा सरकारले क्षतिपूर्ति स्वरुप २५ लाख रुपैयाँ सम्म उपलब्ध गराउने सहमति भएको छ । सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई जोखिम भत्ता, यातायात, संचार र खाजा खर्च दिन सम्बन्धित कार्यालयले आवश्यक ब्यवस्था मिलाउने समेत सहमतिमा उल्लेख छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे