LISTEN LIVE RADIO

देउखुरीकाे राप्ती गाउँपालिकाको कृषि शाखा अन्तरगतको कामको अनुगमन



देउखुरीकाे राप्ती गाउँपालिकाको कृषि शाखा अन्तरगतको कामको अनुगमन
मसुरिया ५ माघ ।  देउखुरीकाे राप्ती गाउँपालिकाको कृषि शाखा अन्तरगतको कामको अनुगमन गरिएको छ । शाखाद्धारा अनुदानमा टनेल तथा विउँ वितरित कृषकहरुको कामको उपलब्धि बारे अनुगमन गरिएको हो ।
केहि महिना अगाबै राप्ती गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०७७।७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार राप्ती गाउँपालिकाका बिभिन्न वडाका किसानलाई ७५ प्रतिशत अनुदानमा कन्ये च्याउको विउ तथा ५० प्रतिशत अनुदानमा टनेल निर्माणका लागि वितरण गरिएको काम के कति भयो भन्ने बारेमा अनुगमन गरिएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिए ।
विउको माग गरेका १७ जना किसानहरुलाई ४०० ग्रामको १ हजार ७ सय ६३ प्याकेट विउ वितरण गरिएको र हाल कृषकले टनेल बनाउने, पराल संकलन गर्ने, पराल काट्ने, भिजाउने, पराल उसीन्ने, पोका तयार गरि विउ राख्ने लगायतका काम बारे अनुगमन गरिएको कृषि विकास शाखा कृषि प्राविधिक सिमा भट्टले बताए ।
राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको संयोजकत्वमा वडा नं ६ का वडा अध्यक्ष बेदप्रसाद चौधरी, कृषि विकास अधिकृत महेश अधिकारी, प्रशासन अधिकृत विकास ज्ञवाली, कृषि प्राविधिक सिमा भट्ट, तिर्थराज ज्ञवाली लगायतले वडा नं ४, ६, ७ र ८ का टनेल निर्माण गरेका साथै कन्य च्याउ खेती गरेको कृषकको अवस्थाको अनुगमन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे