LISTEN LIVE RADIO

बाँकेको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी



बाँकेको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

बाँके ५ माघ । बाँकेको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुदा बस्नका लागि निकै असहज भएको उनिहरुले गुनासो गरेका छन् । ठाउँ अभाव हुँदा पालो पर्खेर सत्नुपर्ने र कोचिएर बस्नुपर्ने बाध्यता रहेको उनिहरुले गुनासो गरेका हुन् ।

कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको नौबस्तामा १५ सय क्षमताको क्षेत्रीय कारागार भवन निर्माण थालेको छ । तर १५ महिनाअघि नै पूरा हुनुपर्ने कारागार भवन निर्माणको काम अझै पूरा भएको छैन ।

बाँके प्रहरीले अदातलबाट कैद सजाय पाए पनि लामो समयदेखि फरार रहेका अपराधीहरुलाई पक्राउ गर्ने अभियान शुरु गरेपछि कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापनमा समस्या परेको हो ।

साढे ३८ करोड लागतमा निर्माण गर्नुपर्ने क्षेत्रीय कारागार भवनको निर्माण सम्पन्न हुनुपर्ने समय सकिएको १५ महिना बितिसके पनि निर्माण कार्य अधुरै छ । ३ सय ५० जना अट्ने बाँके कारागारमा अहिले एक हजार बढी कैदिबन्दीहरु बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे