LISTEN LIVE RADIO

कोरोना भाईरसको नयाँ संक्रमणबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय दाङको आग्रह



कोरोना भाईरसको नयाँ संक्रमणबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय दाङको आग्रह

दाङ १५ पुस । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाईरसको नयाँ संक्रमणबाट जोगिन आम नागरिकमा अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले बुधवार एक सार्वजनिक सुचना जारी गदै विश्वव्यापी माहामारीको अर्को नयाँ प्रकारको संक्रमणबाट बच्न सवैले कोरोना सावधानी अपनाउनु पर्ने आग्रह गरेका छन् ।

कोरोना भाईरसको नयाँ प्रकार संक्रण्म दक्षिण अफ्रिकामा देखा परेको र छिमेकी मुलुक भारतमा समेत उक्त संक्रमणका संक्रमित भेटिएको हुदा समयमै सचेत रहन जारी सुचनामा भनिएको छ ।साथै उक्त संक्रमण बेलायतमा पनि देखा परेको र त्यहाबाट नेपाल आउने नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने गरी सरकारले निर्णय गरेको छ । सोहि बमोजिम सजगता अपनाउन र कोरोना स्वास्थ्य मापदण्ड पालना गर्न जारी सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे