LISTEN LIVE RADIO

देउखुरीकाे राप्ती गाउँपालिकामा योजना निर्माणमा तीब्रता



देउखुरीकाे राप्ती गाउँपालिकामा योजना निर्माणमा तीब्रता

तिर्थराज ज्ञवाली,  मसुरीया  १५ पुस ।

देउखुरी राप्ती गाउँपालिका दाङमा कोभिड संक्रमणको अवस्या कम भए संगै बार्षिक रुपमा संञ्चालन हुनु पर्ने योजना तथा कार्यक्रमहरु तिब्र तवरले सूचारु भैरहेका छन् । यसै सन्दर्भमा योजना सूरु भएसंगै निर्माणको चरणमा रहेका तथा निर्माण सम्पन्न योजनाहरुको अनु्गमन तथा निर्माण समितिलाई सल्लाह सुझाव दिने कार्य भैरहेको छ ।

राप्ती गाउँपालिका वडा नं २ को राम नगरमा निर्माण भएको नाला तथा बाटो मर्मत, वडा नं ३ को भृकुटी महिला सहकारीको निर्माणाधिन भवन तथा वडा नं ७ को बड्का सिसहनिया स्थीत घाट जाने बाटो मर्मत कार्यको स्थलगत अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा अनुगमन समिति संयोजक जगदम्वाकुमारी चौधरी, वडाध्यक्ष जगत बहादुर थापा, सदस्य ताराकुमारी चौधरी, प्राविधिकद्धय विमला भट्टराई, प्रदिप बैदिक, सचार संयोजक तिर्थराज ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे