एकीकृत घुम्ती शिविरले राप्ती-६ का स्थानीय खुसी 



एकीकृत घुम्ती शिविरले राप्ती-६ का स्थानीय खुसी 
भालुवाङ ८ असार । दाङको राप्ती गाउँपालिका वडा नं.६ का स्थानीयहरु गाउँमै एकीकृत घुम्ती शिविर मार्फत विभिन्न प्रकारका सुविधाहरु पाए पछि खुशी भएका छन्
राप्ती गाउँपालिकाले जनतालाई सहज सेवा प्रदानका गर्ने उदेश्यले शनिबार वडा नम्बर ६ काे पत्थरगढवामा घुम्ती शिविर मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सहित कृषि, पशु तथा सामाजिक सुरक्षा सेवा सम्बन्धी सुविधा प्रदान गरेपछि उनीहरू खुशी भएका हुन् । जेष्ठ नागरिक तथा सर्वसाधारणहरूलाई एकै थलोबाट सवै प्रकारको सेवा लिन सहज होस भन्नका लागि शिविर आयोजना गरिएको राप्ती गाउँपालिका पशु सेवा शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिएका छन् । शिविरमा ५० महिला र ३४ जना पुरुष गरि ८४ जनाकाे स्वास्थ्य परीक्षण गरिनुका साथै उनीहरूलाई निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । शिविरमा  ७५ जना किसानहरु पशुहरुमा देखिने विभिन्न प्रकारका राेगहरुकाे बारेमा र २२ जना कृषकहरूले तरकारी तथा खाद्यान्न बाली देखिने समस्याका बारेमा परामर्श लिएका थिए।
त्यस्तै शिविरका सहभागीहरुलाई सामाजिक सुरक्षा प्राप्त गर्ने उमेर,परिचयपत्र नवीकरण गर्ने समय लगायतका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो ।
शिविरमा राप्ती विज्ञान प्रतिष्ठान दाङका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी, राप्ती गाउँपालिका पशु विकास शाखा प्रमुख दामोदर आचार्य, हेल्थ असिस्टेन्ट पदम प्रसाद पा‌डेल, पञ्जिकरण शाखा प्रमुख नारायण बहादुर राउत, कृषि अधिकृत प्रदिप खत्री, पत्थरगढवा सामुदायिक स्वास्थ्य इकाईकी प्रमुख अनमी सविता चाैधरी लगायतका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे