LISTEN LIVE RADIO

राप्तीमा स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक औषधी वितरण



सिसहनिया २२ फागुन । राप्ती गाउँपालिकाकाे सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र बराखुटीकाे आयाेजनामा साेमबार स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधी वितरण गरिएको छ।

राप्ती गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे प्रमुख आतिथ्यता र स्वास्थ्य शाखा प्रमुख नारायण रावतकाे विशिष्ट आतिथ्यतामा साे औषधी वितरण गरिएको हाे। साे अवसरमा बाेल्दै उपाध्यक्ष चाैधरीले आमा र बच्चाकाे स्वास्थ्य सुधारको लागि जडिबुटी जन्य औषधी अति उपयोगी हुने बताउँदै सहि तरिकाले सेवन गर्न सुझाव दिएकी थिइन् ।

आमा र बच्चाको स्वास्थ्य सुधार गर्न तथा बच्चाहरुलाई कुपोषणजन्य रोगबाट बचाउने उदेश्यले साे औषधी वितरण गरिएको नागरिक आरोग्य सेवा केन्द्र राप्ती गाउँपालिका २ बराखुट्टीका प्रमुख कविराज जुद्व बहादुर चाैधरीले जानकारी दिएका छन् । उहाँका अनुसार वडा नम्बर ५,६,७ र ८ का ६ महिना भन्दा कम उमेर भएका बच्चाहरुका करिब १ सय २७ जना आमाहरुलाई सतवारी चुर्ण नामक औषधी वितरण गरिएको छ। याे औषधी सेवनबाट बच्चाहरुको शारीरिक ,मानसिक वृद्धि र विकासमा समेत सघाउ पुग्ने प्रमुख कविराज चाैधरीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे