LISTEN LIVE RADIO

देउखुरीकाे राप्ती प्राविधिक शिक्षालयमा रहेका आइसोलेसन सेन्टर मंसिर १ गतेवाट बन्द हुने



देउखुरीकाे राप्ती प्राविधिक शिक्षालयमा रहेका आइसोलेसन सेन्टर मंसिर १ गतेवाट बन्द हुने

अव देउखुरीका चारै वटै पालिकामा आइसोलेसन सेन्टर स्थापना गरिदै

शिवराज पन्थी / तिर्थराज ज्ञवाली, भालुवाङ २३ कार्तिक ।
दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेकाे राप्ती प्राविधिक शिक्षालयमा सञ्चालित कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर आगामी मंसिर १ गतेवाट बन्द हुने भएको छ । हाल सम्म चार पालिकाका २ सय ५५ जना कोरोना संक्रमितलाई आईसोलेट गरी २ सय ४६ जनालाई डिस्चार्ज गर्दैै हाल ९ जना मात्र रहेको आईसोलेसन सेन्टर बन्द हुने भएको हो ।
राप्ती प्राविधिक शिक्षालयमा रहेको कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर रहेको भवन प्रदेश सभाको हिउँदे अधिवेशनकाे तयारीका लागि आवश्यक पर्ने भएकोले चार वटै स्थानीय तहले आ आफ्नो पालिकामा आईसोलेसन सेन्टर सञ्चालन गर्ने गरी कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर वन्द गर्ने निर्णय गरेकाे हाे ।
आईसोलेसन सञ्चालन तदर्थ समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीकाे अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, लमही नगरपालिकाकी उपाध्यक्ष देवका बेल्वासे, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपािलकाका अध्यक्ष लोकराज केसी, लेफ्टीनेन्ट कर्णेल विजय बस्नेत लगायतकाे उपस्थितीमा बसेकाे बैठकले सो निर्णय गरेको हो ।
राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाहरुको संयुक्त लगानीमा सञ्चालनमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर सञ्चालानार्थ लागेको खर्च विवरण आईसोलेसन सेन्टर बन्द गरेपछि चारवटै स्थानीय तहको उपस्थितीमा सार्वजनिक गर्ने र सो को व्ययभार चार पालिकाले वहन गर्ने निर्णय समेत गरिएको छ ।
बैठकले कोरोना विशेष देउखुरी आईसोलेन सेन्टरमा खटिएका नेपाली सेना, स्वास्थ्यकर्मी, अन्य कर्मचारी तथा जनप्रतिनिधीलाई धन्यवाद दिदै कोरोना संक्रमण वाट बच्नका लागि सबैले सचेतना अपनाउन पर्ने र यदि जो कोहीलाई कोरोना संक्रमण भएमा चार वटै पालिकाले रेखदेख लाई निरन्तरता दिदै जाने समेत निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे