राप्ती गाउँपालिका क्षेत्रमा बाल विबाह बिरुद्ध प्रहरी अभियान



राप्ती गाउँपालिका क्षेत्रमा बाल विबाह बिरुद्ध प्रहरी अभियान

ओमप्रकाश गुप्ता, भालुवाङ २३ कार्तिक ।

दाङ देउखुरीको राप्ती गाउँपालिका क्षेत्रमा प्रहरीले बाल विबाह बिरुद्ध प्रहरी अभियान सञ्चालन गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बाल विबाह बिरुद्ध प्रहरी अभियान सम्बन्धी १५ दिने अभियान अन्तर्गत प्रहरी चौकी सिसहनियाँले राप्ती गाउँपालिका वडा नं. ५ र ७ मा बाल विबाह बिरुद्ध प्रहरी अभियान चलाएको छ ।

चौकीका इन्चार्ज तथा प्रहरी नायव निरक्षक बत्तीप्रसाद पोख्रेलको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा नम्बर ५ को सर्वोदय मावि सिसहनियाँमा बाल विवाहका विषयमा प्रशिक्षण र वडा नम्बर ७ मा लागु औषधका बारेमा प्रशिक्षण दिएको थियो । यस्तै प्रहरी चौकी हाँसिपुरले बंगलाचुली गाउँपालिका वडा नम्बर ८ मा प्रहरी सहायक निरिक्षक प्रसाद बिकको कमाण्डमा खटिएको प्रहरी टोलीले बाल विबाह बिरुद्ध प्रहरी अभियान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक भुवन भट्टको अगुवाईमा राप्ती गाउँपालिका वडा नम्बर १ पुरानो भालुवाङ बजार र वडा नम्बर २ कठाहामा बाल विबाह बिरुद्ध प्रहरी अभियान सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको छ ।


स्थानीय समाजसेबी तथा बुद्धिजीवि, भद्रभलादमी, जनप्रतिनीधि, आमा समुह, महिला समुह, बालबालिका, बिद्यार्थी तथा युवाहरुलाई भेला गराई बालविवाह सँगै लागुऔषध, घरेलु हिंसा, यौन दुव्र्यव्यवहार, महिला हिंसा तथा साईबरक्रम सम्बन्धी विषयमा पनि जानकारी गराइएको थियो ।

उता प्रहरी चौकी मसुरिया दाङको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नं. ४ श्रीनारायण चोक मौरीघाटमा बालविवाह नियन्त्रण तथा रोकथाम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । चौकीका प्रहरी सहायक निरिक्षक कर्णबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोली वडाका वडा अध्यक्ष र स्थानीयबासी, भद्र भलादमी, बुद्धिजिवी, शिक्षक, बिद्यार्थी, महिला, समाजसेवी, राजनीतिकदल र संघसंस्थाका प्रमुख तथा प्रतिनीधिहरुको सहभागीतामा विवाहवारी २० बर्ष पारी, बालविवाह नगरौ नगराऔ, बालविवाह अन्त्य गरौ, बालवालिकाको सुनौलो भबिष्य सुरक्षित गरौ भन्ने नाराका साथ पर्चा, पम्पेलेट, ब्यानर र प्लेकार्ड सहित ¥याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे