रेडियो राप्तीमा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक सम्पन्न



रेडियो राप्तीमा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक सम्पन्न

भालुवाङ २२ साउन । भालुवाङ संचार सेवा प्राली द्धारा सञ्चालित रेडियो राप्ती ९८.४ मेगाहर्ज तथा राप्ती टेलिभिजनमा चार जना नयाँ कर्मचारीहरुलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ । कार्यबाहक स्टेसनम्यानेजर तथा समाचार प्रमुख सन्तोषकुमार गुप्ताको अध्यक्षतामा नयाँ कर्मचारी स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।

रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा हालै नवनियूक्त कर्मचारीहरु प्राबिधीक सहायक तथा बजार प्रमुख कृष्णकुमार यादव, सहायक समाचार प्रमुख तथा कार्यक्रम प्रस्तोता सिमा केसी, सहायक प्राबिधिक तथा स्टेशन ब्यबस्थापक बादल घर्तिमगर, समाचारदाता लालमाणि भुसाललाई कार्यबाहक स्टेशन म्यानेजर गुप्ता र लेखा तथा प्राबिधिक प्रमुख अरुण पौडेलले सयुक्त रुपमा टिका र खादा लगाएर स्वागत गरेका थिए ।

सो अवसरमा नवनियुक्त कर्मचारी र हाल कार्यरत कर्मचारीहरु बिच परिचयात्मक गर्नुका साथैकार्यबाहक स्टेशन म्यानेजर गुप्ताले आवश्यक निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे