LISTEN LIVE RADIO

पछिल्लाे २४ घण्टामा नेपालमा थप २८२४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु, ३६२० जना डिस्चार्ज



पछिल्लाे २४ घण्टामा नेपालमा थप २८२४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु, ३६२० जना डिस्चार्ज

काठमाडौं १६ कार्तिक । नेपालमा वितको २४ घण्टामा दुई हजार आठ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार २३ जनाको नमुना परीक्षण गर्दा दुई हजार आठ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालका कोरोना संक्रमितको कुल संख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ ।

त्यस्तै वितेको २४ घण्टामा तीन हजार ६ सय २० जना कोरोना मुक्त भएका छन् । यससँगै निको हुनेको सङ्ख्या नेपालमा एक लाख ३४ हजार आठ सय ४२ पुगेको छ ।

अब नेपालमा ३७ हजार सात सय ६५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने दुई हजार तीन सय ८६ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै वितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या नौ सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे