LISTEN LIVE RADIO

सहारा विहिनहरुको सहारा बन्दै खुसी अभियान



सहारा विहिनहरुको सहारा बन्दै खुसी अभियान

ओमप्रकाश गुप्ता, सिसहनियाँ १६ कार्तिक ।

गास, बास र आवासको समस्याबाट पिडित परिवारको सहारा बनेको छ खुसी अभियान । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरणहरु नामक संस्थाले एम.आर.आर ग्रुप, एम.डब्लु.आर.आर ग्रुप, युथ फर नेशन र एस.एस.टि ग्रुपको सहयोगमा संस्थाले खुसी अभियान चलाएको छ ।

एक छाक खान नसक्ने, बस्नको लागि आवासको समस्या भएका तथा लाउनका लागि कपडा नभएका घर परिवारलाई थोरै भएपनि खाद्यन्न तथा लत्ता कपडा दिएर खुसी बनाउने काम गरेको छ । विषेश गरी दशै तिहार जस्ता महत्वपुर्ण चाडपर्वका बेला सवैका घरमा मिठो मसिनो पाक्दा गरिवका घरमा एक मुठी चामल समेत नभएर चाडपर्व मनाउन नपाएका गरिव दुखीहरुको आँसुमा खुसी थप्न अभियान सञ्चालन गरिएको आशाका किरणहरु नामक संस्थाका अध्यक्ष सुर्यकिरण केसीले जानकारी दिएका छन् । अभियान गत कार्तिक ९ गते देखिनै सुरु भएको हो ।

अभियान अन्तरगत आइतवार राप्ती गाउँपालिका ५ कालापानीमा रहेको एक सहारा विहिन मोतीराम सुनारको परिवारलाई सिरक, डसना, सिरानी, ३ जोड न्यानो कपडा, दाल, चामल, नुन, तेल प्रदान गरेका छन् । उक्त सामाग्री संस्थाका अध्यक्ष सुर्यकिरण केसीले प्रदान गरेका थिए । यस अघि कार्तिक ९ गते राप्ती गाउँपालिका १ भालुवाङका ५ गरिव घर परिवारलाई प्रति घर दाल, चामल, नुन, तेल सहयोग गरेको थियो ।

त्यसै गरी कार्तिक १२ गते गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरका ८ गरिव घरपरिवार मध्ये एउटा घर परिवारलाई सिरक, डसना, सिरानी, दाल, चामल, नुन, तेल र जुस सहयोग गरेका थिए भने अन्य परिवारलाई दाल, चामल, नुन, तेल सहयोग गरेका थिए । खुसी अभियानमा आशाका किरणहरु नामक संस्थाका अध्यक्ष सुर्यकिरण केसी, पत्रकारहरु ओमप्रकाश गुप्ता, कमल गिरी, ग्लोबल युथ क्लवका सदस्य आर्जु चन्द ठकुरी, संस्थाका सहसचिव श्री घर्ती क्षेत्री, सामाजिक अभियान्ता देवप्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।

हेर्नुस् याे फाेटाे फिचर

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे