LISTEN LIVE RADIO

हात्तीपाइलेकाे औषधी खुवाउन गाउँपालिका अध्यक्ष सुवेदी स्वास्थ्यकर्मी लिएर घरदैलो अभियानमा



हात्तीपाइलेकाे औषधी खुवाउन गाउँपालिका अध्यक्ष सुवेदी स्वास्थ्यकर्मी लिएर घरदैलो अभियानमा

भालुवाङ ३ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकामा हात्तीपाइले विरुद्धको औषधी सेवन कार्यक्रम प्रभावकारी नभएपछि बिहिवार गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी सहितको टोलीले घरदैलो अभियान गरेको छ ।

वडा नम्बर ८ पिपरी गाउँका स्थानीयहरुले हात्तीपाइले विरुद्धको औषधी अधिकांशले नखादा प्रत्येक वर्ष दाङ जिल्ला फेला हुँदै गएको र प्रत्येक वर्ष औषधी खुवाउनु परेकाले अभियानलाई व्यापक बनाइएको स्वास्थ्य कार्यालय दाङका कमल चन्दले जानकारी दिए ।

दाङमा १२ औं पटकको औषधी सेवन कार्यक्रम पनि प्रभावकारी नदेखिएपछि बिहिवार देखि गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी सहित जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सामाजिक अगुवाहरुको पहलमा स्थानीयहरुको घर घरमा गएर औषधी खुवाइएको छ ।

संक्रमणको पालिकाको १० वटा टोलमा हात्तीपाइले फाईलेरिया रोग विरुद्ध औषधी खुवाउन घरदैलो कार्यक्रम गरिएको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर रानाले बताए ।

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको घरदैलो कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले उद्घाटन गर्नु भएको हो । पालिकालाई हात्तीपाइले रोगबाट बचाउन उहाँले सवै नागरिकलाई निरधक्कका साथ औषधी खान अध्यक्ष सुवेदीले आग्रह गरे ।

राप्ती गाउँपालिकामा हाल सम्म ८०. ९७ प्रतिशतले मात्र हात्तीपाइले विरुद्धको औषधी सेवन गरेको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताए । १०० प्रतिशत पु¥याउन आफु पनि निरन्तर रुपमा खटेको र जनप्रतिनिधी तथा स्वास्थ्यकर्मीहरुलाई घरघरमा गएर औषधी खुवाउने कार्यलाई व्यापक बनाउन निर्देशन समेत दिएको उनले बताए ।

घरघरमै गएर स्वास्थ्यकर्मीद्धारा औषधी खुवाउने कार्यक्रम अन्तरगत उल्लेख्य स्वास्थ्यकर्मी प्रयोग गरिएको छ । घरदैलो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका कमल चन्द, वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना, स्वास्थ्य संयोजक नारायण रावत, वडा सदस्यहरु, टोल विकास संस्थाका अध्यक्ष र सञ्चारकर्मी लगायतको सहभागितामा रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे