दाङमा शुक्रबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा शुक्रबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि

३० पुस,घोराही – दाङमा आज (शुक्रबार) थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ७७ जनाको पिसीआर परिक्षण गर्दा १३ जना पुरुष र १० जना महिलामा कारोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराहीका १८ जना, तुलसीपुरका ३ जना, राजपुर र दंगीशरणका एक/एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा पिसिआरबाट २ जना र एन्टिजेनबाट ४५ जना कोरोना संक्रमण मुक्त भएका छन् । मुक्त हुने सबै तुलसीपुरका रहेको केन्द्रले जनाएको छ ।

त्यस्तै जिल्लामा आज सक्रिय संक्रमितको संख्या २ सय ६७ जना रहेको छ । उनीहरुमध्ये २ सय ४८ जना घरमा, १८ जना सामान्य उपचारमा र १ जना आइसियू सहितको उपचारमा रहेको केन्द्रको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे