एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि



एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि

दाङ ३० पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफू कोरोना संक्रमित भएको सामाजिक संजाल फेसबुकमार्फत जनाएका छन् ।

पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे