देउखुरीको लालमटियामा कोरोनाबाट एक पुरुषको मृत्यु



देउखुरीको लालमटियामा कोरोनाबाट एक पुरुषको मृत्यु

भालुवाङ १८ पुस । दाङमा कोरोना संक्रमणबाट आइतवार एक जनाको मृत्युु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाका ६३ बर्षिया एक पुुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

उनलाई शनिवार मात्रै कोरोना संक्रमण पुुष्टि भएको थियो । अहिले दाङका कोरोनाका सकृय बिरामी ७ जना रहेको छन् । ६ जना घरमै रहेका छन् भने एक जना आईसियु सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

बैशाख यता जिल्लामा कोरोना संक्रमित हुुनेको संख्या ९ हजार ३ सय २१ जना पुुगेको छ भने ९ हजार ९५ जना निको भएका छन् । यो बिचमा २ सय १९ जनाको कोरोनाका कारण मृत्युभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे