खानेपानी विस्तार हुन नसकेका ठाउँमा गाउँपालिकाले लगानी गर्छ : अध्यक्ष सुवेदी



खानेपानी विस्तार हुन नसकेका ठाउँमा गाउँपालिकाले लगानी गर्छ : अध्यक्ष सुवेदी

भालुवाङ १८ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले खानेपानी विस्तार हुन नसकेका ठाउँमा गाउँपालिकाले लगानी गर्ने बताउनु भएको छ । राप्ती गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको आयोजनामा आइतवार राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा आयोजित भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष सुवेदीले खानेपानीका विभिन्न विभागमा समन्वय गर्ने कुरामा गाउँपालिका सधै सकरात्मक रहेको बताएका छन् । राप्ती गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष हस्तबहादुर गुरुङको अध्यक्षमा भएको कार्यक्रममा महासंघका दाङ जिल्ला अध्यक्ष धुव्र ठकुरी, महासंघका सचिव केशव दहाल, बराखुट्टी वृहत खानेपानीका अध्यक्ष कृष्ण गिरी, नमुना आँपखोली खानेपानी सरसफाई तथा उपभोक्ता समितिका गोमाया केसी, राप्ती गाउँपालिका खानेपानी विभागका गिता चौधरी लगायतका वक्ताहरुले आ आफनो भनाई तथा सल्लाह सुझाव राखेका थिए ।

महासंघका राप्ती गाउँपालिका उपाध्यक्ष चम्फा भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मुक्तिराम पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे