पहरूवामा मिनी ट्रककाे ठक्करबाट मृत्यु भएका बृद्धकाे अहिलेसम्म पहिचान खुलेन



पहरूवामा मिनी ट्रककाे ठक्करबाट मृत्यु भएका बृद्धकाे अहिलेसम्म पहिचान खुलेन

भालुवाङ १८ पुस । देउखुरीमा मिनी ट्रककाे ठक्करबाट मृत्यु भएका बृद्धकाे अहिले सम्म पहिचान हुन सकेकाे छैन ।  लमहीबाट भैरहवा तर्फ जादै गरेकाे लु १ ख ९६४७ नम्बरकाे मिनी ट्रकले शनिबार राती करिब साढे ९ बजेकाे समयमा पूर्व-पश्चिम राजमार्गकाे राप्ती गाउँपालिका-५ पहरूवामा ठक्कर दिंदा बृद्धकाे मृत्यु भएकाे हाे ।

गम्भीर घाइते भई सडकमा बेहोस भएको अवस्थामा स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले तत्काल लमही अस्पताल पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक वृद्धको भने अहिले सम्म पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । भने ठक्कर दिने गाडीलाइ शनिबार नै भालुवाङ प्रहरीले  नियन्यत्रणमा  लिएकाे छ । ट्रकका चालक भने अहिले सम्म फरार रहेकाेले खाेजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले देउखुरी टुडेलाइ जानकारी दिए । गाडी मािलक भने प्रहरीकाे सम्पर्कमा रहेकाे प्रहरीले जनाएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे