LISTEN LIVE RADIO

नेपालमा आज २९४२ मा कोरोना पुष्टि, २३२६ जना डिस्चार्ज, १२ जनाको मृत्यु



नेपालमा आज २९४२ मा कोरोना पुष्टि, २३२६ जना डिस्चार्ज, १२ जनाको मृत्यु

काठमाडौं २ कात्तिक । नेपालमा वितेको २१४ घण्टामा २ हजार ९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गर्दा २ हजार ३ सय २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको स‌ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ ।

यस्तै वितेको २४ घण्टामा दुई हजार तीन सय २६ जना कोरोना मुक्त भएका छन् । यस सँगै निको हुनेको कुल सङ्ख्या ९२ हजार एक सय ६६ पुगेको छ । अब नेपालमा ३९ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

यसैबीच वितेको २४ घण्टामा १२ जनाको मृत्यु समेत भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको कुल संख्या सात सय ३९ पुगेको प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे