LISTEN LIVE RADIO

दाङकाे तुलसीपुरमा आज ८ जना कोरोना मुक्त



दाङकाे तुलसीपुरमा आज ८ जना कोरोना मुक्त

देउखुरी टुडेकर्मी, तुलसीपुर २ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिकामा आज आइतबार ८ जना कोरोना मुक्त भएका छन् । तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीका अनुसार १४ दिन होम आइसोलेसनमा बसेपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।

डिस्चार्ज गरिएका ८ जनाको पुन: चेक गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको समेत उहाँले बताउनुभयो । यससँगै तुलसीपुरमा कोरोना मुक्त हुनेको कुल संख्या २ सय ३४ पुगेको छ । अब तुलसीपुरमा १ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । तुलसीपुमा मात्र ३ सय ७८ जनामा कोरोना देखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे