घोराहीबाट चितुवाको छाला सहित एक जना पक्राउ



 घोराहीबाट चितुवाको छाला सहित एक जना पक्राउ

दाङ २ कात्तिक । दाङमा चितुवाको छाला सहित १ जना पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ तारापुञ्जटोलबाट घोराही ५ धर्नाका ५० वर्षीय इन्द्र बहादुर घर्ती पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले चितुवाको छालाको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा असोज ३० गते साँझको साढे ८ बजे पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता तथा सूचना अधिकृत सुमित खड्का अनुसार घर्तीको साथबाट प्लाष्टिकको बोरामा लुकाई राखेको ७ फिट ८ ईन्च लम्बाइको भएको चितुवाको छाला बरामद गरेको छ । घर्तीलाई अहिले राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अन्तरगत थप कानुनी कारवाहीको लागि जिल्ला वन कार्यालय दाङमा पठाईएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे