प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको आग्रह



प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको आग्रह

काठमाण्डाै २६ कार्तिक । तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरूबारे छानबिन गर्न माग गरेका छन् ।

एमनेस्टी इन्टरनेशनल, कमिसन अफ जुरिस्ट्स् र ह्युमन राइट्स वाचले आज शुक्रवार संयुक्त विज्ञप्ति निकालेर सर्वोच्च अदालतको सङ्कटका कारण नेपालको न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गरेको बताउँदै प्रधानन्यायाधीशमाथि छानबिन गर्न आग्रह गरेका हुन् ।

अदालतको विश्वसनीयता र स्वतन्त्रता जाेगाउन यो सङ्कटको तत्काल समाधान गर्नुपर्ने उनीहरूको जोड छ । ह्युमन राइट वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गाङ्गुलीले नेपालमा मानव अधिकार र विधिको शासन कायम राख्न सर्वोच्च अदालतको महत्त्वपूर्ण भूमिका भएकाले अहिलेको सङ्कट न्याय प्रणालीका लागि एकदमै चिन्ताजनक भएको बताए।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएशन आन्दोलनरत छ भने सर्वोच्च अदालतका न्यायाधीशहरूले बेन्च बस्न अस्वीकार गरेका छन् । आन्दोलनरत नेपाल बारले पनि अदालतको सङ्कटबारे गम्भीर कदम चाल्न दलहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे