LISTEN LIVE RADIO

आशाका किरण संस्थाद्धारा लालमटियामा मास्क अभियान सम्पन्न



आशाका किरण संस्थाद्धारा लालमटियामा मास्क अभियान सम्पन्न

लालमटिया २६ भदौ । राप्ती गाउँपालिका १ भालुवाङमा रहेको आशाका किरण संस्थाले सञ्चालन गरेको तपाईको मास्क खोई अभियानको दोस्रो शनिवार राप्ती गाउँपालिका २ लालमटिया बजारमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङ र राप्ती उद्योग वाणिज्य संघको सहभागितामा मास्क अभियान सम्पन्न भएकोे हो ।
राप्ती गाउँपालिकाको ९ वटै वडामा सञ्चालन गरिने अभियानको शनिवार वडा नम्बर २ को लालमटिया बजारमा मास्क अभियान चलाइएको थियो । मास्क अभियानमा व्यापारी, यात्रु तथा स्थानीयले मास्क नलाइ हिडिरहेको पाइएको थियो ।

महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ संस्थाले माक्स अभियान सञ्चालन गरेकोे छ । लालमटिया बजारबाट सुरु अभियानले बजार क्षेत्र र सवारीसाधनलाई रोकेर माक्स वितरण गरिएको थियो । महामारी केहि कम भएपनि जोखिम भने कायमै रहेकोले मास्क प्रयोगका बारेमा सचेतना फैलाउन अभियान सुरु गरिएको बताइएको छ ।

संस्थाका महासचिव लोकमणी भुसालको अगुवाईमा भएको मास्क अभियानमा संस्थाका सचिव दिवस आचार्य, कोषाध्यक्ष रिषिराम खनाल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, प्रेस संयोजक ओमप्रकाश गुप्ता, सल्लाहकार सन्तोषकुमार गुप्ता, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रतिनीधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे