LISTEN LIVE RADIO

एमालेको विधान महाधिवेशन सर्‍यो, अब मध्य असोजमा हुने



एमालेको विधान महाधिवेशन सर्‍यो, अब मध्य असोजमा हुने

काठमाडौं २७ भदौ । नेकपा एमालेको विधान महाधिवेशन दुई सातापछि सरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

विधान सम्मेलनमा प्रस्तुत गर्ने, विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनबारे छलफल गर्न भदौ ३ र ४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने सचिव योगेश भट्टराईले जानकारी दिए । स्थायी कमिटीको बैठकले विधान महाधिवेशनमा कोको सहभागी हुने भन्ने पनि टुंगो लगाएको छ, जसअनुसार करिव ३ हजार सहभागी हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे