LISTEN LIVE RADIO

दाङमा रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको मृत्यु



दाङमा रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको मृत्यु

देउखुरी टुडेकर्मी, दाङ २४  असोज  ।

रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको दाङमा उपचारका क्रममा मृत्यु भएको छ । रुपन्देहीको तिलोतमा नगरपालिका वडा नम्बर ३ की ६६ वर्षीया महिलाको आज विहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए ।

मृतक महिलाई हिजो दिउँसो मात्र दाङको भेलझ्ुण्डी स्थित कोरोना विशेष अवस्पतामा उपचारका लागि ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको चन्दले जानकारी दिए । रुपन्देहीमा आइसियू बेडको अभाव भएपछि उनलाई दाङ ल्याइएको थियो । दाङमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा मृत्यु भएको यो पहिलो घटना हो ।

यसैबीच दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । गएराती मात्र दाङका एक १५ वर्षका किशोरको उपचारका क्रममा बाँकेमा मृत्यु भएको थियो । बाहिरी जिल्लाबाट उपचारकालागि आएका सँग दाङ मृत्यु हुनेको संख्या भने ७ पुगेको छ ।

यस्तै दाङमा आजसम्म कोरोना संक्रमितको कल संख्या १४ सय १८ पुगेको छ भने यि मध्ये ११ सय २३जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालयका फोकल पर्सन चन्दका अनुसार जिल्लामा सक्रिय संक्रमितको सख्या भने २९२ रहेको छ । जसमध्ये २सय ५९ जना होम आइसोलेसन मै रहेका छन् । अन्य संक्रमित जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे