LISTEN LIVE RADIO

सांसद शान्ता चौधरी आइसीयुमा भर्ना



सांसद शान्ता चौधरी आइसीयुमा भर्ना

देउखुरी टुडेकर्मी, दाङ २४ असोज। 

कोरोना संक्रमित सत्तारुढ दल नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा भर्ना गरिएकाे छ। चौधरीलाई शुक्रबार राति आइसीयुमा भर्ना गरिएकाे  हाे।

वीर अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा सुधार नआएपछि आइसीयुमा सारिएको हो। श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्।

‘स्वास प्रश्वासमा अलि कठिनाई  भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ।’ उनले अस्पतालबाटै तीन दिन अघि जानकारी गराएकी थिइन्। उनलाई पाँच दिनअघि लक्षण सहितको संक्रमण भएको पुष्टि भएको थियो।

२०६७ मा स्तन क्यान्सर देखिएकी चौधरीले लामो समयसम्म उपचार गराएकी थिइन्। स्तन क्यान्सरको उनको उपचार भारतमा भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे