LISTEN LIVE RADIO

समुदायमा कोरोना : बबई गाउँपालिकाको ६ नम्बर वडा कार्यालय सिल, विद्यालय पनि गरियो बन्द



समुदायमा कोरोना : बबई गाउँपालिकाको ६ नम्बर वडा कार्यालय सिल, विद्यालय पनि गरियो बन्द

देउखुरी टुडेकर्मी, दाङ  २४ असोज ।

समुदाय स्तरमा कोरोना देखिएपछि बबई गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयसिल गरिनुका साथै विद्यालयहरु समेत एक हप्तालाई गरिएको छ । साथौ वडामा हुने विभिन्न औपचारीक कार्याक्रम स्थगित भएको छ भने बजार क्षेत्र पञ्चकुले लगायत कुनै पनि क्षेत्रमा भिडभाड गर्न निषेध गरिएको छ। हिजो २३ गते सुक्रबार देखि २९ गतेसम्म वडामा कुनै पनि भिडभाड हुने कार्याक्रम गर्न नपाइने सूचना जारी गरेर वडाध्यक्ष रामबहा्दुर डाँगीले बताए ।

‘अब थप सतर्कता अपनाउँदै वडा कार्यालय, विद्यालय बन्ददेखि भिडभाड हुने कार्यक्रम स्थगित गरिएको छ’, वडाध्यक्ष डाँगीले भने । ‘थप परिक्षणको परिणाम अनुसार पछिको कार्यक्रम बन्ने छ ।’ उनले वडाका विभिन्न स्थानबाट कोरोना परिक्षण गर्नकोलागि स्वाब लिने कार्य थालनि गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे