LISTEN LIVE RADIO

देउखुरीकाे राप्तीमा थप एक काेराेना संक्रमितकाे मृत्यु



देउखुरीकाे राप्तीमा थप एक काेराेना संक्रमितकाे मृत्यु

भालुवाङ २५ जेठ । देउखुरीकाे राप्ती गाउँपालिकामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । राप्ती गाउँपालिका-२ लालमटियाका ६२ बर्षकाे एक पुरूषकाे मृत्यु भएकाे हाे ।

उक्त पुरूषकाे साेमबार राती करिब साढे १२ बजेकाे समयमा मृत्यु भएकाे लालमटिया स्वास्थ्य चाैकीका इन्चार्ज सिनियर अहेब भुवन भण्डारीले जानकारी दिए ।

मृतक पुरूषले जेठ २ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा पिसिआर परिक्षण गर्दा काेराेना पाेजेटिभ देखिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे