LISTEN LIVE RADIO

६० देखि ६४ वर्षका नागरिकलाई आजदेखि कोरोना विरुद्धको खोप लगाइदै



६० देखि ६४ वर्षका नागरिकलाई आजदेखि कोरोना विरुद्धको खोप लगाइदै

काठमाण्डाै २५ जेठ । सरकारले आजदेखि देशभर चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप भेरोसेल लगाउन सुरु गर्दैछ । काठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए ।

खोपको उपलब्धताका आधारमा काठमाण्डौ उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिन लागेको पनि डाक्टर गौतमले बताउनुभयो । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने देखिएको छ ।

हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने छ । हिमाली क्षेत्रमा पटक-पटक खोप पुर्याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई नै खोप लगाइने भएको हो । डाक्टर गौतमले खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत आग्रह गरेका छन् ।पहिलो र दोस्रो चरणमा गरी चीनले नेपाललाई अनुदानमा १८ लाख डोज खोप दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे