LISTEN LIVE RADIO

दाङमा असार १ गते सम्म एक हप्ता लकडाउन थपियो



दाङमा असार १ गते सम्म एक हप्ता लकडाउन थपियो

दाङ २५ जेठ । दाङमा लकडाउन एक हप्ता थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको घोराहीमा बसेको बैठकले यसअघिका निर्णयलाई केहि परिमार्जन गर्दै लकडाउनलाई असार १ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

यस अघि हप्तामा दुई पटक मात्र खुल्न दिइएको थियो । त्यसैगरी होटेल, रेष्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेक अरु सबै पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्न दिने निर्णय भएको बैठकमा सहभागी तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछानेले जानकारी दिए ।

कोरोना माहामारीको दोस्रो लहर सुरु भए संगै जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भन्दै गएको बैशाख १७ गतेदेखी जिल्लाव्यापी रुपमा लकडाउन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे