LISTEN LIVE RADIO

देउखुरीकाे लमहीमा अक्सिजन सहितको आइसोलेसन अस्पताल बन्ने



देउखुरीकाे लमहीमा अक्सिजन सहितको आइसोलेसन अस्पताल बन्ने

लमही १० वैशाख । देउखुरीका चार वटा पालिकालाई समेट्ने गरी अक्सिजन सहितको आइसोलेसन अस्पताल बनाइने भएको छ । उक्त अस्पताल २५ बेडको हुने र अस्पतालमा चाहिने सामाग्रीहरु जुटाउने कार्य अघि बढेको छ । यस पटक लमहीको रातो डाँडामा रहेको नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनलाई आइसोलेसन अस्पतालको रुपमा प्रयोग गरिने भएको छ ।

यो बिषयमा लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिकाका स्वास्थ्य संयोजकहरुको बैठक बसी उपकरण खरिद, अस्पताल ब्यवस्थापनका लागि भवन र अस्पतालमा खटिने कर्मचारीका बारेमा छलफल भएको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लालमणी सुवेदीले जानकारी दिए ।

सम्भवतः एक साता भित्रै तयार हुने गरि हामी तयारीमा जुटेका छौं, सुबेदीले भने । तत्कालका लागि देउखुरी क्षेत्रका चार वटा पालिकाबाट २०/२० लाख रुपैयाँ जम्मा गरेर अक्सिजन सहितको अस्पताल ब्यवस्थापन गर्ने भनेर निर्णय भएको संयोजक सुवेदीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे