LISTEN LIVE RADIO

देउखुरीमा एक बालककाे कोरोना संक्रमणबाट मृत्यु



देउखुरीमा एक बालककाे कोरोना संक्रमणबाट मृत्यु

गढवा १० वैशाख । देउखुरीमा एक कोरोना संक्रमित १४ वर्षीय बालकको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ निबासी  आदर्श माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत बिधान आचार्य (बिप्लब आचार्य) को उपचारका क्रममा शुक्रबार बिहान ४ बजे भैरहवामा मृत्यु भएको हो ।

कोरोना संक्रमण भएर मृत्यु भएका  ती बालकले  वैशाख ६  गते टाउको दुख्यो भनेर शिक्षकलाई जानकारी गराएर विद्यालयबाट घर गएको प्रधानाध्यापक कुलचन्द्र पौडेलको भनाई छ ।  कक्षा ९ मा अध्ययनरत बालकको मृत्यु भएपछी दुई दिनको लागि विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे