अर्घाखाँचीका एक वडाध्यक्षले आफ्नो जन्मदिनमा गरे अग्निपिडितलाई राहत र सुत्केरीलाई अण्डा बितरण



अर्घाखाँचीका एक वडाध्यक्षले आफ्नो जन्मदिनमा गरे अग्निपिडितलाई राहत र सुत्केरीलाई अण्डा बितरण

अर्घाखाँची १७ जेष्ठ । अर्घाखाँचीका एक वडाध्यक्षले उदाहरणीय कार्य गरेर आफ्नो जन्मदिन गरेर मनाएका छन् । पछिल्लाे समय फजुल खर्च गरेर मनाउने जन्मदिनलाई एक वडाध्यक्षले रचनात्मक तथा सामाजिक काम गरेर मनाएका छन् । अर्घाखाँचीको पश्चिमी क्षेत्र भुमिकास्थान नगरपालिका वार्ड न १ का वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो जन्मदिनमा अग्निपिडितलाई राहत र सुत्केरीलाई अण्डा बितरण गरेर जन्मदिन मनाएका छन् ।

वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो जन्मदिनमा बुधबार अग्नीपिडितलाई राहत र सुत्केरीलाई पाैष्टिक आहारकाे रुपमा अण्डा प्रदान गरेका छन् । गत बैशाखमा आगलागी भएर घरबार बिहिन भएका भुमिकास्थान नगरपालिका-१, ढाकावाङ्ग साम्नेगाउँ सिउडेनी निवासी अग्निपिडित टेकबहादुर थापाइलाई नगद सहित दुई वटा बाख्रा, खाध्यान्न, ग्याँसचुलो, बलाङ्केट र कम्बल लगायत सामाग्री बुधबार बिहानै अग्निपिडित थापाको घरमै पुगी उक्त राहत सामाग्री बितरण गरेका छन् ।

नेपाली काङ्ग्रेसका अर्घाखाँची जिल्लाका प्रभावसाली युवा नेताको रूपमा पनि परिचित खनालले बुधबार नै ढाकावाङ्ग स्वास्थ्यचौकीमा एक कार्यक्रमका बीच सुत्केरी महिलाहरुलाई  पाैष्टिक आहारकाे रुपमा अण्डा समेत बितरण गरेका छन् । खनालले आफूले आफ्नो जन्मदिनलाई फजुल खर्च गर्नुको साटो केही फरक रचनात्मक तथा नमुना सामाजिक कामकाे रूपमा दुखी गरिबको लागि हित हुने काम गरी जन्मदिनको मनाउँदा  आफूलाई निकै आनन्द महसुस भएकाे बताए ।  साथै वडाध्यक्ष खनालले बिगतमा पनि आफूले आफ्नो जन्मदिनको अवसर पारी भुमिकास्थान नगरपालिका वार्ड न १ का विभिन्न धार्मिकस्थल मठमन्दिर निर्माणको लागि सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे