LISTEN LIVE RADIO

दर्शकले लमही महोत्सव खचाखच, बद्री पंगेनी र सिर्जना खत्रीको प्रस्तुतीले राैनक ल्यायो



दर्शकले लमही महोत्सव खचाखच, बद्री पंगेनी र सिर्जना खत्रीको प्रस्तुतीले राैनक ल्यायो

लमही १३ माघ । लमही महोत्सवमा दिन प्रतिदिन राैनकता थपिन थालेको छ । आज महोत्सवको नवाैं दिनमा १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको लमही चेम्बर अफ कमर्सका अध्यक्ष शितल भुसालले जानकारी दिएका छन् । आज शनिबारको दिन भएकाले पनि विद्यार्थी, शिक्षक, कर्मचारी, व्यापारी तथा र सर्वसाधारणहरू बिदाको माैका पारेर महोत्सव हेर्न आएको आयोजकले जानकारी दिएको छ । देउखुरीका विभिन्न ठाउँबाट दर्शकको बाक्लो उपस्थिती रहेको थियो । महोत्सव स्थल दर्शकले भरिभराउ देखिन्थ्यो ।

लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सवमा शनिबार चर्चित गायक बद्री पंगेनीले आफ्ना नयाँ पुराना सबै गीत गाएर दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका छन् । एक महिनालाई सापटी माग्यौं, एक बर्ष भयो कता भाग्यौं। सापटी नदेउ आफन्ती टाढा, सापटी दिदा विग्रियो सारा। तिम्रो ढाट्ने बानीले बोल्न बाध्य गरायो। राम्रो थियो हाम्रो सम्वन्ध, पैसा सापटी दिएपछी बोलचाल हरायो।

वर्तमानमा भोगिएका समस्यालाई गितमा उनिएको छ। त्यही समस्यालाई चित्रण गर्दै सापटी मागेको र सापटी लिने मान्छे भागेको सम्मका परिस्थितीलाई गितमा लयबद्ध गरेको प्रस्तुती दर्शकले रुचाए। बद्रीले यो गित दश महिना अघि बजारमा ल्याएका थिए । जुन गित यूटुवमा पनि रुचाइएको छ।

मंसिर आयो रहरै सेलायो, तिम्ले वास्ता गरेनीउ के लायो।
तिम्रो साथमा रातो पछ्यौरी। रातो पछ्यौरी अनि तातो फछ्यौरी। मलाई चिसो हावाले हानेको खैत मायाँ गर्न जानेको। यो गीत ९ वर्षअघि बजारमा आएको थियो। अहिले पनि यो गित दर्शकहरुले रुचाएका छन् । मेला महोत्सवमा पनि बद्रीले यही गीतलाई प्रस्तुतिको रुपमा राख्दै आएका छन्। जुन गित अहिले पनि दर्शकको जनजिव्रोमा छ। एक पटक गरिएको सिर्जना सधैं जीवन्त रहन्छ भन्ने उदाहरण हुन।

त्यस्तै आर्की चर्चित गायिका सिर्जना खत्रीले पैसा न सैसा, हाउडे माया लगायत आधा दर्जन गीत गाएर दर्शकहरूको मन जित्न सफल भएकी थिइन् । उनले गाएका सवै गीतमा दर्शकहरुले हुटिङ गर्दै नाचेर साथ दिएका थिए ।

गायक तथा संगितकार यादवनाथ योगीले मेरो दाङ मेरो देउखुरी मात्रै होइन थारु भाषाका चर्चित गित पस्किए। जुन गितमा दर्शकहरु झुमेर नाचे। गायक तथा संगितकार योगीको यो गित छ महिना अघि यूटुवुमा रिजिल गरेका थिए। जुन गित अचेल हरेक सांस्कृती कार्यक्रम तथा मेला महोत्सवमा औधी रुचाइएको छ। थारु बस्तीमा माघमा आयोजना गरिएका सांस्कृतीक कार्यक्रममा यो गितको बर्चश्वनै रह्यो।

त्यसै गरि महोत्सव गायिका तथा उद्घोषिका रूपा घर्ती मगर, गायक जीवन दहाल, मोडेल सुहाना भट्टराई, गायिका तथा मोडेल शशी पुन, गायक, मोडेल तथा उद्घोषक विजय पुन, गायक तथा उद्घोषक अनुप बुढा, डान्सर तथा उद्घोषक दिपक बर्माले पनि विभिन्न साँगेतिक प्रस्तुति मार्फत दर्शकहरूलाई नचाएका थिए । भने पिडिएच डान्स स्टुडियो, सगरमाथा डान्स ग्रुप र स्थानीय कलाकारहरूले पनि दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

त्यस्तै भोली माघ १४ गते आइबार चर्चित गायिका रचना रिमाल, गायक तथा मोडेल संदिप न्याैपाने, गायिका तथा उद्घोषिका रूपा घर्ती मगरको प्रस्तुति रहने कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् । जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्या पर्यटन प्रवद्र्धनका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यले लमही चेम्बर अफ कमर्सको आयोजनामा यही माघ ५ गते देखि २० गते सम्म लमहीको जैविक विविधता ग्रिन पार्कको छेउमा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवमा विभिन्न १ सय ८० बढी स्टलहरु राखिएको छ भने देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु, चर्खे पिङ, झुला, बाल उद्यान, लगायतका मनोरन्जनात्मक बस्तु राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, देउखुरीका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको छ । महोत्सव अवधीधर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको चेम्बरका महासचिव केशव अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा कृषि तथा स्वास्थ्यका स्टललाई निशुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीको हकमा परिचय–पत्रका आधारमा ८० रूपैयाँ र सर्वसाधारणका लागि लागि १ सय रूपैयाँ टिकट कायम चेम्बरले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे