LISTEN LIVE RADIO

लमही महोत्सवमा प्रिति आलेको व्याटल गीतमा दर्शकको हुटिङ : कमल गाउँलेले हँसाए, राजेन्द्रले नचाए



लमही महोत्सवमा प्रिति आलेको व्याटल गीतमा दर्शकको हुटिङ : कमल गाउँलेले हँसाए, राजेन्द्रले नचाए

लमही १२ माघ । लमही महोत्सवको आज आठौं दिनमा हजारौं दर्शकले महोत्सव अवलोकन गरेका छन् । शुक्रबार चर्चित गायिका प्रिति आले, हास्य कलाकार कमल गाउँले आउने खवरले देउखुरीका विभिन्न ठाउँबाट दर्शकको बाक्लो उपस्थिती रहेको थियो । महोत्सव स्थलमा शुक्रबार पनि दर्शकले भरिभराउ देखिन्थ्यो ।

लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सवमा शुक्रबार आठौं दिन गायिका आलेले व्याटल गीत गाउँदै सबै दर्शकलाई नचाएकी थिइन् । उनले तिमी जस्तो तिग्रे कति बिग्रेबिग्रे, चौतारीका वरपिपल छायाँ, बाबरी बाबरी, न सम्पति न मेरो, जीउडाल के को माया जाल लगायत लोकभाका र झ्याउरे भाकाका गीतहरु प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै दंगाली हास्य कलाकार कमल गाउँलेले पनि विभिन्न विषयवस्तुमा अभिनय तथा कमेडियन गीत गाएर दर्शकहरूलाई पेट मिचिमिचि हसाएका थिए । त्यस्तै थारू गायक राजेन्द्र चाैधरीले पनि थारू, नेपाली गीत गाएर दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । भने मोडेल तथा डान्सर अस्मिता पुरी, पिडिएच डान्स स्टुडियो, सगरमाथा डान्स ग्रुप र स्थानीय कलाकारहरूले पनि दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । भने गायक तथा उद्घोषक दिपक खड्काले आ-आफ्नो गीत मार्फत दर्शकहरूलाई नचाएका थिए ।

त्यस्तै भोली माघ १३ गते शनिबार चर्चित गायक बद्री पंगेनी, गायिका सिर्जना खत्री(हाउडे माया), जीवन दहाल, यादवनाथ योगी, गायिका तथा उद्घोषिका रूपा घर्ती, मोडेल सुहाना भट्टराई, गायिका तथा मोडेल शशी पुनको प्रस्तुती रहने कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् ।

जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्या पर्यटन प्रवद्र्धनका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यले लमही चेम्बर अफ कमर्सको आयोजनामा यही माघ ५ गते देखि २० गते सम्म लमहीको जैविक विविधता ग्रिन पार्कको छेउमा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवमा विभिन्न १ सय ८० बढी स्टलहरु राखिएको छ भने देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु, चर्खे पिङ, झुला, बाल उद्यान, लगायतका मनोरन्जनात्मक बस्तु राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, देउखुरीका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको छ । महोत्सव अवधीधर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको चेम्बरका महासचिव केशव अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा कृषि तथा स्वास्थ्यका स्टललाई निशुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीको हकमा परिचय–पत्रका आधारमा ८० रूपैयाँ र सर्वसाधारणका लागि लागि १ सय रूपैयाँ टिकट कायम चेम्बरले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे