LISTEN LIVE RADIO

लमही महोत्सवमा दर्शकको आकर्षण बढ्दै, कमल खत्रीले मञ्च तताए



लमही महोत्सवमा दर्शकको आकर्षण बढ्दै, कमल खत्रीले मञ्च तताए

लमही ८ माघ । लमहीमा जारी महोत्सबमा दिन प्रतिदिन दर्शकको उपस्थिती बढ्न थालेको छ ।

यहाँ रहेका कृषि तथा ब्यापारिक स्टलले दर्शकको ध्यान तान्दै गएको छ । खासगरी स्थानिय उत्पादन तथा थारु परिकार हरुले दर्शकको ध्यान तान्दै गएको छ । माघ ५ देखि १७ गतेसम्म सञ्चालित महोत्सबको लमही चेम्बर अफ कमर्सले आयोजना गरेको हो ।

महोत्सबको चौथो दिन सोमबार गायक कमल खत्रीले दर्शकलाई खुबै नचाए । आत्मामा तिम्रो आत्मामा, मानिस ठूलो दिलले हुन्छ, यो माया नै काफी छ, फिक्का फिक्का, म गित हो तिम्रो लगायतका दर्जन बढी गित गाएर दर्शकलाई झुमाए । गायक कमल खत्रीको गितमा हजारौ दर्शक छमछमी नाचे । त्यस्तै गायिका पुर्णकला बिसीले पनि दर्शकलाई नचाईन । दिनलाई घाम रातलाई जुनको, दुई कुराले थग्यो, जप्दै नाम लगायतका आधा दर्जन बढी गित गाएर दर्शकलाई नचाईन । अर्का मोडल रुबिना अधिकारीले आफ्नो प्रस्तुतीमा नृत्य प्रस्तुत गर्दै दर्शकलाई सँगसँगै नचाईन ।

मंगलबार गायक तथा मोडल रामजी खाँड र चक्र बम आउने भएका छन । उनी सँगै मोडल आरुषी मगरको प्रस्तुती रहनेछ । मेलाको अबलोकन गरिदिन आयोजकले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे