LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा सञ्चालित राप्ती डान्स आइडलको उपाधी स्मृति थापालाई



लालमटिया महोत्सवमा सञ्चालित राप्ती डान्स आइडलको उपाधी स्मृति थापालाई

भालुवाङ ८ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा सञ्चालन भइरहेको राप्ती डान्स आइडल २०८० को उपाधी कोड नं. ००२ रहेकी स्मृति थापाले जित्न सफल भएकी छिन् । १५ जना प्रतिस्पर्धििलाई पछि पार्दै थापाले उपाधी हात पार्न सफल भएकी हुन् ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा गत पुस २७ गते देखि सुरु भएको आइडल सोमबार सकिएको छ । आइडलको दोस्रो स्थान कोड नं. ०१० रहेकी अर्निमा तमाङ, तेस्रो स्थान कोड नं. ००५ रहेकी अर्चना नेपाली र सान्त्वना स्थान कोड नं. ००३ रहेकी अस्मिता ग्रुप भएको आइडल संयोजक तथा प्रमुख निर्णयक दिपक बर्माले जानकारी दिएका छन् । आइडलमा प्रथम हुनेलाई नगद २० हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १० हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र पुरस्कार स्वरूप माघ ९ गते समापनका दिन प्रदान गरिने छ । १५ जनाबाट अडिसन सुरू गरिएको थियोे ।

फाइनल अडिसनको प्रमुख निर्णयकमा गायिका तथा मोडेल प्रभा राई रहेकी थिइन् भने अन्य निर्णयकमा आइडल संयोजक दिपक बर्मा र सहसंयोजक सुरेश पन्थी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे