LISTEN LIVE RADIO

माैलिक तीज गीत ‘दुखि करिमा’ सार्वजनिक



माैलिक तीज गीत ‘दुखि करिमा’ सार्वजनिक

भालुवाङ २ भदाै । सात जना गायक गायिकाको स्वर रहेको माैलिक तीज गीत ‘दुखि करिमा’ सार्वजनिक भएको छ ।

गायक तथा सर्जक राजेश भण्डारीको युटुव च्यानलबाट सो तीज गीत शुक्रबार सार्वजनिक भएको हो । गायक पुरुशोत्तम भण्डारी (पुर्खे बा), गायिकाहरू राशी रिजाल, अस्मिता डल्लाकोटी, मन्जु भट्टराई, शोभा भुर्तेल कृष्ण मल्ल ठकुरी र रोस्नी थापाको स्वरमा रहेको सो तीज गीत बजारमा आएको हो ।

बर्तमान समयमा तीजको मौलिकता बोकेका गीतहरु कमै मात्रमा भेटिन्छ तर यहाँ भने साँच्चै तीज आएको र यथार्थ बोकेको गीत सवैले मन पराएका छन् । पहिला पहिला बुहारीलाई सासू आमाले गरेको व्यवहार र आज भोलि बुहारीलाई सासू आमाले गर्ने व्यवहारलाई यो गीतले चित्रण गरेको छ ।

हेर्नुस् यो गीत

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे