LISTEN LIVE RADIO

प्रेस चौतारी महिला विभागले भदाै २३ गते घाेराहीमा तीज मिलन कार्यक्रम गर्ने



प्रेस चौतारी महिला विभागले भदाै २३ गते घाेराहीमा तीज मिलन कार्यक्रम गर्ने

दाङ २ भदाै । प्रेस चौतारी नेपाल महिला विभागले यहि भदाै २३ गते घाेराहीमा तीज मिलन कार्यक्रम गर्ने भएकाे छ । महिला विभागको शनिवार घाेराहीमा बसेकाे पहिलो बैठकले साे  कार्यक्रम गर्ने निर्णय गरेकाे हाे। महिला विभाग प्रमुख दिप्तीशिखा चौधरीको अध्यक्षता एंव प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतीथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज विशेष कार्यक्रम गर्ने निर्णय गर्नुका साथै कार्यक्रमलाई सभ्य र भव्य रुपमा मनाउँनका लागि “तीज पर्व र यसको महत्व” का विषयमा कार्यपत्र प्रस्तुत गर्ने निर्णय गरेको छ । जसका लागि प्रेस चौतारीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सह – ईञ्चार्ज रीता लामालाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै बैठकले महिला विभागको सल्लाहकार समेत चयन गरेको छ । सल्लाहकारहरुमा सुधासुमन ढकाल, विमला घर्ती, रचना सुवेदि, राधा पौडेल र जया पाण्डेलाई चयन गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रमुख अथिती तथा चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनले महिला विभागले महिला पत्रकारहरुलाई एकत्रीत गर्नका लागि अहम भुमिका खेल्नुपर्ने बताए । महिला पत्रकारहरुलाई अझ पेसामा टिकाईरहनका लागि कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताए । यस्तै प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसीले चौतारीको एक अंग भनेको महिला विभाग रहेकाले सहकार्य मार्फत अगाडी बढ्नुपर्ने बताए । प्रेस चौतारी संगठीत र चलाएमान बनाउन संगठित हुनुपर्ने बताए ।नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले प्रेस चौतारीले सामाजिक कार्यलाई अगाडि बढाउँदा समाजमा राम्रो सन्देश जाने सुझाव दिए । संगठित भएर अगाडि बढेको प्रेस चौतारीले अझै सकारात्मक तरीकाले उत्तरदायीत्व निर्वाह गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे