LISTEN LIVE RADIO

कविता घर्तीको ‘पहिलो माया’ बजारमा



कविता घर्तीको ‘पहिलो माया’ बजारमा

दाङ २१ असार । कविता घर्ती मगरको पहिलो माया कौरा (चुट्का¬) गीत बजारमा आएको छ । सल्यान जिल्ला जन्मस्थान भई हाल करिव दुई दशक बढी बेलायतमा कर्म थलो बनाइरहेको घर्तीले मगर सँस्कार र सँस्कृति झल्कने कौरा गीत बजारमा ल्याएकी हुन् ।

भौतिक शरिर विदेशी भूमिमा भएपनी आफ्नो मगर र गुरुङ समुदायको र देशको कला, सँस्कार र सँस्कृतिलाई संरक्षण गर्नु पर्छ भन्ने उद्देश्यले आफुले यो गीत दर्शक, श्रोता समक्ष लिएको उनको भनाई रहेको छ ।

अविनास थापा मगरको शब्द, गणेश गुरुङको लय, कविता घर्ती मगर र गणेश गुरुङको स्वर रहेको कौरा गीत मगर समुदायको मौलिकतामा आधारित रहेको छ । यो गीत बजारमा ल्याउदा आफूले २२ वर्ष अगाडि रेडियो नेपालमा प्रत्यक्ष भाग लिएर गाएको समेत स्मरण भएको गायिका घर्तीले बताएकी छिन् ।

बेलायतमा रहेर पनी नेपाली गीत सँगीत र नेपाली कला ,सँस्कृतिको जगेर्णा गर्ने उद्देश्यले बेलायतमा एक मात्र सयपत्री नेपाली कल्चर ग्रुपको को स्थापना गरी सञ्चालन गरेको गायिका घर्ती मगरको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे