LISTEN LIVE RADIO

होटल पौवाले भालुवाङ सहित तीन ठाउँमा नयाँ वर्ष बिशेष बृहत सांस्कृतिक कार्यक्रम गर्दै



होटल पौवाले भालुवाङ सहित तीन ठाउँमा नयाँ वर्ष बिशेष बृहत सांस्कृतिक कार्यक्रम गर्दै

भालुवाङ २६ चैत । नेपाली हस्पिटालिटीको मोडेल दाबी गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्ष २०७९ लाई बृहत सांस्कृतिकको आयोजना गरी उत्सवको रुपमा मनाउने भएको छ । चैत्र ३० गते पौवाका तीन वटा शाखामा एक साथ सांस्कृतिक कार्यक्रम गरेर नेपाली ‘न्यू ईयर ईभ’ मनाउने तयारी गरिएको होटेल पौवा प्रा.लि.ले जनाएको छ ।

यसैबीच होटेल पौवा भालुवाङले शनिबार आफ्नै होटेल भालुवाङमा पत्रकार सम्मेलन गरी नेपाली नयाँ बर्ष २०७९ लाई चैत ३० गते बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी उत्सवको रुपमा मनाउने जनाएको छ । पौवाका प्रमुख परिचालन अधिकारी (सिओओ) कृष्ण गौतमका अनुसार पौवा प्रा.लि.द्धारा संञ्चालनमा रहेका १२ वटा शाखा मध्ये ३ वटा शाखामा नयाँ बर्ष बिशेष बृहत सांस्कृतिक कार्यक्रम संचालन हुने छ ।

लुम्बिनी प्रदेशको राजधानी भालुवाङ तथा रुपन्देहीको बुटवल र भैरहवामा विशेष कार्यक्रम गरी नयाँ वर्ष २०७९ लाई स्वागत गरिने होटेल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । भालुवाङमा चैत्र ३० गते साँझ ५ बजेदेखि राती १२ बजे सम्म आयोजना गरिएको कार्यक्रममा थारु संस्कृतिमा आधारित सांगीतिक कार्यक्रमबाट कार्यक्रमको थालनी गर्ने तथा बुटवल र भैरहवामा नौमती बाजा र भोजपुरी संगीतबाट कार्यक्रमको आरम्भ गरिने पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।

जस अनुसार भालुवाङमा हुने सांस्कृतिक कार्यक्रममा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, चर्चित लोक दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक सुमन परियार लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने होटेलका प्रमुख परिचालन अधिकारी (सिओओ) कृष्ण गौतमले जानकारी दिए ।

भने बुटवल हुने कार्यक्रममा निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाईस द ब्याकप ब्याण्डको प्रस्तुती रहने छ । त्यसैगरी भैरहवामा राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको उपस्थिति रहने ब्राण्ड प्रमुख बिष्णु भण्डारीले बताए ।

कोरोना भाइरसका कारण थलिएको पर्यटन तथा होटल व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालिएको छ । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले थारु समुदायको विशेष प्रस्तुति राखिने होटल पौवाका प्रमुख परिचालन अधिकारी गौतमले जानकारी दिए । भालुवाङमा हुने सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउनका लागि करिब ५ हजार जना बढीलाई निमन्त्रणा कार्ड बितरण गरिएको र कुनै कारणबस निमन्त्रण कार्ड नपुगे भएको सुचनाका आधारमा भएपनि कार्यक्रममा सहभागिता जनाईदिन सिओओ गौतमले सबैमा आग्रह गरेका छन् ।

‘नेपाली स्वाद, नेपालीपनको मनैदेखि सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्नको लागि कार्यक्रम गर्दै आएका छौं’, प्रमुख परिचालन अधिकृत गौतमले भने, ‘नेपाली चार्डपर्वलाइ विशेष महत्व दिएर नेपाली नयाँ वर्षको स्वागतलाई विशेष बनाउन थालेका छौँ उनले भने।’
कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको होटेल पौवाले जनाएको छ । सोही दिन कार्यक्रम हेर्न आउने दर्शकहरुका लागि ‘५० रुपैयाँ देखि विविध प्रकारका खाजा र खानाको व्यवस्था गरिएको ब्राण्ड प्रमुख भण्डारीले भने, ‘कार्यक्रम हेर्न आउने आमन्त्रितहरुलाई निमन्त्रणा कार्ड साथमा लिएर आउन आग्रह गरिएको उनले भने ।’

‘पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिएपनि पौवाले नेपालीहरुले वर्षौंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गरिएको छ,’ पौवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थापनकालदेखि नै नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरुमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरु हुँदै आएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘अन्तरराष्ट्रिय जगतमा समेत ख्याति कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै पौवाका हरेक शाखामा नेपाल र नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको छ ।’

स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटल पौवाको पहुँच पुगेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ज्ञवालीका अनुसार हाल सम्म पौवाले कणर्ाली प्रदेशको जुम्ला र सुद्रपश्चिम प्रदेशको धनगढीमा आफ्नो सेवा दिइरहेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ, दाङकै लमही र घोराही, रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गामा पौवाले समानस्तरको आतिथ्य प्रदान गरेको छ । चैत्र महिनादेखि गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीमा पनि सेवा दिन सुरु गरिएको प्रबन्धनिर्देशक ज्ञवालीले बताए ।

होटेल पौवा प्रालिका प्रमुख परिचालन अधिकृत (सिओओ) कृष्ण गौतमको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्यको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलन कार्यक्रममा पत्रकार महासंघ दाङका सह—सचिव तथा एनटिभी कोहलपुरका दशरथ घिमिरे, इमेज च्यानलका राकेश बस्नेत, माउन्टेन टेलिभिजनका विकास डाँगी, हिमालियन टेलिभिजनका दिपक वली, प्राइम टेलिभिजनका सुमन केसी, सिआइइनका चन्द्रबहादुर नेपाली लगायतका एक दर्जन बढी पत्रकारहरुको उपस्थिती रहेको थियो ।

होटेल पौवा भालुवाङका म्यानेजर श्याम न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ताले गरेका थिए । यसैबीच पत्रकार सम्मेलनपछि उपस्थित पत्रकारहरुलाई होटेल पौवाबाट दिइने सेवासुविधाका बिषयमा स्थलगत निरिक्षण गराउनुका साथै जानकारी समेत प्रदान गरिएको थियो ।

                                 प्रेस विज्ञप्ती

नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रस्तुतिका रुपमा उदाएको छ । परम्परामा बाटो हिँड्ने बटुवाले आश्रय लिने स्थानलाई पाटी वा पौवा भन्ने गरिन्थ्यो । आकाशबाट झरी पर्दा होस् वा आँधीतुफान आउँदासडक किनारमा बनेका पाटी पौवा बटुवाहरुका लागि ओत बस्ने सहारा बन्ने गर्दथ्यो । त्यहि परम्परागत नाम र नेपालीपन सहितको सेवा दिने उद्देश्यले पौवाको जन्म भएको हो ।
स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटल पौवाको पहुँच पुगेको छ भने छिमेकी कणर्ाली प्रदेशको जुम्ला र सुद्रपश्चिम प्रदेशको धनगढीमा पनि पौवाले आफ्नो सेवा दिइरहेको छ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ, दाङकै लमही र घोराही, रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गामा पौवाले समानस्तरको आतिथ्य प्रदान गरेको छ ।

अब हामी गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीमा पनि सेवा दिन सुरु गरिसकेका छौं । देशका प्रायः सबै शहर तथा पर्यटकीय स्थलहरुमा अन्तरराष्ट्रिय गुणस्तर तथा नेपाली पहिचान सहितको सेवा दिने तयारीमा पौवाले काम अगाडि बढाएको जानकारी यहाँहरुलाई गराउन पाउँदा हामीलाई खुशी लागेको छ ।

स्थापनकालदेखि नै नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरुमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरु हुँदै आएका छन् । अन्तरराष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै पौवाका हरेक शाखाहरुमा नेपाल र नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको छ ।

नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले यसै वर्षबाट नेपालीहरुको नयाँ वर्षको स्वागत गर्ने विशेष कार्यक्रम गर्न गईरहेको छ । नयाँवर्षलाई विशेष पर्वका रुपमा मनाउने लक्ष्यका साथ यश वर्ष रुपन्देहीको भैरहवा र बुटवल तथा लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा नयाँ वर्षको पूर्वसंध्यामा विविध सांगितीक कार्यक्रम गर्ने तयारी गरिएकोे छ । पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिएपनि पौवाले नेपालीहरुले वर्षौंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गरिएको छ ।

चैत्र ३० गते साँझ आयोजना हुने कार्यक्रममा भालुवाङमा थारु संस्कृतिमा आधारित साँगितीक कार्यक्रमबाट कार्यक्रमको थालनी गर्नेछौं भने बुटवलमा नौमती बाजा तथा भैरहवामा भोजपुरी संगीतबाट पुरानो सालको बिदाई र नयाँ सालको स्वागत गर्ने छौं । चैत्र ३० गतेको साँझलाई भालुवाङमा पशुपति शर्मा, अस्मीता डल्लाकोटी, सुमन परियार लगायतका कलाकारहरुले मनोरन्जन प्रदान गर्ने छन् भने बुटवलमा निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाईस द ब्याकप ब्याण्डको प्रस्तुती रहने छ । त्यसैगरि भैरहवामा राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको उपस्थिती रहने छ ।

कार्यक्रमस्थलमा प्रवेशलाई निःशुल्क बनाईएपनि कार्यक्रम स्थलमा प्रवेश गर्न पौवाबाट पठाइएको निमन्त्रणा कार्ड लिएर आउन आमन्त्रितहरुलाई आग्रह गरेका छौं । कार्यक्रम स्थलमा ५० रुपैयाँ देखि पौवाका परिकारहरु लिन सकिने समेत व्यवस्था गरिएको छ ।

हामीले भन्ने गरेका छौं ‘होटल पौवा ः जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ । स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा परिमार्जन गर्न लागेका छौं । नेपाली रैथाने खानालाई विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं । यसको सुरुवाती चरणमा विभिन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खाना हाम्रो मेनुमा समावेश गर्दैछौं । यी खानाको स्वादलाई पाहुनाले मन पार्नुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं ।

आमन्त्रणपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको ईभमा अत्यन्त सुलभ मुल्यमा पौवाका परिकारहरु पस्कने हाम्रो जमर्को रहनेछ । नेपालीपन, नेपाली सेवा र नेपाली परिकारले परिचित पौवाको हस्पिटालिटीलाई सबैले स्वीकार गरिदिनुहुनेमा हामी विश्वस्त

 

                              बिष्णु ज्ञवाली                                                         दुर्गाप्रसाद भण्डारी
                           (प्रबन्ध निर्देशक)                                                              (अध्यक्ष)

                             कृष्ण गौतम                                                                 बिष्णु भण्डारी 

                        (प्रमुख परिचालन अधिकारी)                                           (ब्राण्ड प्रमुख)

होटल पौवा प्रा.लि

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे