LISTEN LIVE RADIO

गर्मीले पनि रोकिएन लालमटिया महोत्सव, छैठौं दिन प्रकाशले मञ्च तताए



गर्मीले पनि रोकिएन लालमटिया महोत्सव, छैठौं दिन प्रकाशले मञ्च तताए

भालुवाङ १६ चैत । दिन दिनै गर्मी बढीरहेको छ । मानिसलाई छहारी र शितल ठाउँ चाहिरहेको छ । तर देउखुरीको लालमटियामा सञ्चालित महोत्सवलाई भने गर्मीले पनि रोक्न सकेको छैन् । गाउँ गाउँबाट दर्शकहरु छाता ओढेर भए पनि महोत्सव अवलोकन गर्न आउने गरेका छन् ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा गत चैत ११ गते देखि सुरु भएको राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ मा छैठौँ दिन बुधवार पनि कलाकारहरुले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारित बहुचर्चित कार्यक्रम लोक दोहोरी च्याम्पियनका विजेता प्रकाश पराजुलीले आफ्ना विभिन्न प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । उनले नभुले है सान्ननी मुटु गाँसेको, कल काट्यो काइयो, रत्यौली लगायतका गीत गाउँदा दर्शकहरुले नाचेर साथ दिएका थिए ।

त्यसै गरी महोत्सवमा दोहोरी गायक राजेश भण्डारी, गायिका आरती रुचाल, गायिका तथा उद्घोषक शर्मिला अर्याल लगायतका कलाकारहरुले गितको माध्यमबाट दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भने घमासान प्रत्यक्ष दोहोरी गाएर पनि दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । त्यस्तै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए ।

महोत्सवको छैठौं दिन बुधवार करिव १ हजार ५ सय दर्शकले महोत्सव अवलोकन गरेका थिए । भने करिव ९५ हजार बराबरको कारोबार भएको महोत्सवका आर्थिक संयोजक श्रीधर खत्रीले जानकारी दिएका छन् ।

यसै महोत्सवको सातौ दिन चैत १७ गते बिहिवार चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका दुर्गा सापकोटा, मोडेल तथा डान्सर साहिर केसी र गायिका तथा उद्घोषक शर्मिला अर्यालका साथै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे