LISTEN LIVE RADIO

दाङमा चैत्र २५ गते देखि टाईफाईड बिरुद्धको खोप लगाइने



दाङमा चैत्र २५ गते देखि टाईफाईड बिरुद्धको खोप लगाइने

दाङ १६ चैत । दाङमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई यहि चैत्र २५ गतेबाट टाईफाईड बिरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाका एक लाख ५६ हजार बढी बालबालिकालाई खोप लगाइने भएको हो ।

उमेर समुहका बालबालिकाहरु टाईफाईडबाट बढी प्रभावित भएकाले शुरुवाती चरणमा सो उमेर समुहका बालबालिकालाई लक्षित गरि नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले पालिका स्तरमा टाईफाईड विरुद्धको खोप अभियान संचालनका लागि संचारकर्मीहरुसँग गरिएको अभिमुखीकरणमा १५ महिनादेखि १५ वर्ष उमेर समुहका पालिकाभरका ७३ हजार ८ सय २ जना लक्षित जनसंख्यालाई खोप लगाउने तयारी भएको स्वास्थ्य शाखाका ठाकुर खनालले जानकारी दिनुुभयो । उक्त खोप अभियान चैत्र २५ गतेदेखि बैशाख ९ गतेसम्म पालिकाका वडा वडामा तालिका अनुसार संचालन हुने भएको छ ।

नगरप्र्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा १ पटक लगाए आजीवनसम्म पुुग्ने खोपले टाईफाईड सार्नबाट रोक्नुका साथै रोग निमूल पार्न सहयोगी हुने भएकाले अन्य समूहका लाई पनि क्रमिक रुपमा खोप लगाउने बताइएको छ । टाइफाईड कै कारण बालबालिकाहरु विभिन्न समस्याको शिकार बन्ने अवस्थाको अन्त्य हुँदै जाने विश्वास सरकारले लिएको छ ।

टाईफाईटड विरुद्धको खोप लगाउने लक्षित जनसंख्या ८० प्रतिशत विद्यालयमा हुने भएकाले यो कार्यक्रममा विद्यालय केन्द्रित गरिने पनि बताइएको छ भने विद्यालयभन्दा बाहिर रहेका बालबालिकाहरुलाई पनि खोप केन्द्र निर्धारण गरेर पालैपालो खोप लगाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे