LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा लोक आधुनिक गायक अर्जुन काैशल सहितका कलाकारले मञ्च तताए



लालमटिया महोत्सवमा लोक आधुनिक गायक अर्जुन काैशल सहितका कलाकारले मञ्च तताए

भालुवाङ १३ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियाको टुडिखेलमा सञ्चालित राप्ती चाैथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवको तेस्रो दिन आइतबार चर्चित लोक आधुनिक गायक अर्जुन काैशलले एनी माया हो लगायत आधा दर्जन गित गाएर दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

उनका चर्चित गितहरूले दर्शक माझ पुगेका अर्जुनलाई हुटिङ गर्दै नाचेर दर्शकहरूले साथ दिएका थिए । सोचे अनुसार आइतबार दर्शक नआए पनि उत्साह भने उत्तिकै रहेको थियोे ।

त्यसै गरि हास्य कलाकार दिपेन्द्र वलीले विभिन्न  चराचुरुङ्गी र कलाकारहरूको आवाज निकालेर दर्शकहरूले आकर्षित पार्नुका साथै हसाएका थिए । भने गायिका संगित चिटाैरे, गायिका राशी रिजाल, मोडेल तथा डान्सरहरू डिप्रभा बोगटी, एलिसा बरालका साथै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङमा शुक्रबार देखि सुरू भएको महोत्सवमा आइतबार तेस्रो दिन दर्शकहरूको उत्साहजनक सहभागीता रहेको थियोे भने करिव ७० हजार बराबरको कारोबार भएको महोत्सवका आर्थिक संयोजक श्रीधर खत्रीले जानकारी दिएका छन् ।

यसै बीच महोत्सवमा चाैथो दिन चैत १४ गते सोमबार चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, गायिका मञ्जु भट्टराई, गायिका तथा उद्घोषक राशी रिजाल, मोडेल तथा डान्सरहरू डिप्रभा बोगटी, एलिसा बरालका साथै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे