LISTEN LIVE RADIO

जसपा दाङले चैत १६ गते १० वटै पालिका प्रमुखकाे उम्मेदवार घाेषणा गर्दै



जसपा दाङले चैत १६ गते १० वटै पालिका प्रमुखकाे उम्मेदवार घाेषणा गर्दै

दाङ १३ चैत । जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति दाङले जिल्लाका १० वटै स्थानीयतहकाे निर्वाचनका लागि यही चैत १६ गते पालिका प्रमुखकाे उम्मेदवारकाे नाम सार्वजनिक गर्ने भएकाे छ । जसपा दाङकाे आइतबार घाराहीमा सम्पन्न बैठकले यही चैत १५ गतेसम्म सम्पूर्ण पालिकाका प्रमुख तथा उप-प्रमुखकाे नाम सिफारिस गर्न पालिका समितिहरुलाई निर्देशन दिएकाे छ ।

पार्टीका जिल्ला अध्यक्षता हाेमप्रसाद शर्माकाे अध्यक्षता एवम् पार्टीका लुम्बिनी प्रदेश मुख्यसचिव यज्ञ पोख्रेलकाे प्रमुख आतिथ्यमा भएकाे बैठकले स्थानीयतहकाे निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन जिम्मेवारी समेत बाँडफाँड गरेकाे छ । जस अन्तर्गत जिल्ला अध्यक्ष हाेमप्रसाद शर्माकाे संयाेजकत्वमा १५ सदस्यीय दाङ जिल्ला स्थानीय निर्वाचन परिचालन सचिवालय गठन गरेकाे छ । जसकाे सदस्यहरूमा टाेपबहादुर कार्की, कुलबहादुर घर्ती, लक्ष्मी चाैधरी,भरतलाल चाैधरी, सुरेन्द्र चन्द, जगतराम यादव, टाेपबहादुर महतरा, रिता यादव, जीवन भण्डारी, प्रकाश बिष्ट, माेहन ओली, रणप्रसाद सुवेदी, आईतराम बिक र विकास अग्रवाल रहेका छन् ।

त्यस्तै बैठकले स्थानियतहकाे निर्वाचनमा आवस्यक गठबन्धनका लागि पार्टीका जिल्ला अध्यक्ष हाेमप्रसाद शर्माकाे संयाेजकत्वमा कुलबहादुर घर्ती, लक्ष्मी चाैधरी, जीवन भण्डारी र जगतराम यादव सदस्य रहेकाे ५ सदस्यीय वार्ता समिति गठन गठन गरेकाे छ ।

बैठकले टाेपबहादुर महतराकाे संयाेजकत्वमा प्रकाश चाैधरी, टाेपबहादुर कार्की, प्रकाश बिष्ट, जीवन भण्डारी सदस्य रहेकाे ५ सदस्यीय आर्थिक ब्यवस्था उपसमिति गठन गरेकाे छ भने जीवन भण्डारीकाे संयाेजकत्वमा प्रचार-प्रसार उपसमिति गठन गरेकाे छ । बैठककाे सहजीकरण पार्टीकी प्रदेश तथा जिल्ला सचिव लक्ष्मी चाैधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे