LISTEN LIVE RADIO

दिलको ड्राइभर सार्वजनिक – म्यकुरी र कन्चन एउटै पर्दामा



दिलको ड्राइभर सार्वजनिक – म्यकुरी र कन्चन एउटै पर्दामा
काठमाडौं २ कार्तिक । अमेरिका को क्यालिफोर्निया मा वसोवास गर्दै आउनुभएकी इशा कार्की द्वारा श्रीजीत तथा संगीतवद्द दिलको ड्राइवर सार्बजनिक भएको छ। यसमा स्वयम् इशा कार्की र अमृत जंग कुँवर को स्वर रहेको छ भने संगीत संयोजन राकेश गुरुङको रहेको छ।
हाँस्य कलाकार पवन खतिवडा “म्याकुरी” र कञ्चन खड्काको अभिनय रहेको गीत लाइ मनोज बिष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । राज महर्जनको कोरियोग्राफीमा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ ।
अमेरिकामा दिपक बम्जन र नेपालमा रामकुमार केसीद्वारा छयांकन गरिएको भिडियोलाइ ईशा कार्की र अमृत जंग कुँवरले परिकल्पना गरिएकाे हो। भिडियो एमबी क्रियशनको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।
हेर्नुस् यो भिडियो
https://www.youtube.com/watch?v=Qxco3XkiT_s&feature=emb_title
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे