रेडियो हाम्रो पहुँचमा कार्यरत संचारकर्मी सुनारमाथि लुटपाट



रेडियो हाम्रो पहुँचमा कार्यरत संचारकर्मी सुनारमाथि लुटपाट

देउखुरी टुडेकर्मी, तुलसीपुर, ३ कतिक ।

रेडियो हाम्रो पहुँच एफएम तुलसीपुरमा कार्यरत संचारकर्मी सविता सुनारमाथि लुटपाट भएको छ । कार्यालयबाट काम सकेर घर फर्केने क्रममा हिजो साँझ ७ बजे तुलसीपुरको गुल्मचोक नजिकै ओम शान्ती सिनेमा हलको अघिबाट लुटपाट भएको हो ।

संचारकर्मी सुनारको एक थान एन्ड्रोइड मोबाईल, केहि सुनका गरगहना लगायत लुटपाट भएको हो । बाटोमा हिडिरहेकी उहाँमाथि मोटरसाइकलमा आएका दुई जनाले मोबाईलसहित कानमा लगाएको सुनका गहनासमेत लुटपाट गरेका हुन् ।

घटना भएको स्थान लुम्बिनि प्रदेश प्रहरी कार्यालयको १०० मिटर नजिक हो । घटना लगत्तै प्रहरीले घटनास्थलमा आएर लुटपाट गर्ने समुहको खोजी गरेपनि अझै पत्ता लागेको छैन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र दोषी उम्कन नपाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

तुलसीपुरमा यसअघि पनि तुलसीपुर–४ माथिल्लो हलवारका भिम पौडेलको एण्ड्रोइड मोवाईल घोराही तुलसीपुर सडक खण्डको मोतिपुर नजिकबाट लुटपाट भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे